बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • खाध्य अधिकार संजालद्धारा प्रशासनमा ज्ञापन पत्र बुझायो

खाध्य अधिकार संजालद्धारा प्रशासनमा ज्ञापन पत्र बुझायो

  • बिहिबार, असार ३०, २०७९
खाध्य अधिकार संजालद्धारा प्रशासनमा ज्ञापन पत्र बुझायो

बाजुरा — खाध्य अधिकार संजाल बाजुराले जिल्लाको खाद्य अबस्थाका बारेमा जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएको छ ।संयुक्त राष्ट्र संघको मानव अधिकार विश्वव्यापी घोषणा पत्र १९४८ र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार समवन्धी अनुवन्ध १९६६ अनुसार मानव अधिकार भन्नाले पोषणयुक्त खाद्य, बसोवास, शिक्षा, स्वास्थ्य उपचार, स्वच्छ पिउने पानी, रोजगारीको अवसर पाउने अधिकार र सामाजिक सुरक्षा पाउने अधिकार आदिलाई लिएको भए पनि बाजुरामा त्यसको सुनवाई नभएको भन्दै संजालले ज्ञापन पत्र बुझाएको संजालका सचिव लक्ष्मीराज पाध्यायले बताए । । नेपालको संविधानले उक्त अधिकारहरुलाई मौलिकहकको रुपमा स्थापित गर्नका लागि खाद्य सम्बन्धी हकको व्यवस्था गरिसकेको भए पनि बाजुराका हलिया खलिय र मुक्तीकोटका नागरिकले त्यसको प्रत्याभुती गर्न नपाएको सचिव पाध्यायले बताए ।
ज्ञापन पत्रमा बाजुरा जिल्लाका मुक्क्तीकोटका कुपोषणवाट ग्रसित नागरिकहरुको खाद्य अधिकार सुनिश्चित गर्नका लागि आवश्यक पहल गर्न माग गर्दछौ सचिव लक्ष्मीराज पाध्यायको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ । हलिया , खलिया , विपन्न तथा ज्याला मजदुरीबाट दैनिक जिवन गुजारा गर्न वाध्य जोखिममा रहेका वर्गलाई लक्षित गरेर न्यूनतम खाद्य सहायता समेतको रेपिड रेस्पोन्स तथा बिशेष राहात कार्यक्रमका माध्यामवाट जीवनरक्षा गर्न आग्रह गर्दछौ  भनिएको छ ।
सडक र वाटोको समस्या बनाई सामानको कृत्रिम अभाव सृजना गरि कालो बजारी गर्ने र सामानको मुल्य बढाई उपभोक्ता ठग्ने कार्यहरु भएकोेले बजारमा आवश्यक बस्तुको सहज आपुर्तिको ब्यवस्था मिलाई स्वच्छ बजार र उपभोक्ता हक अधिकार संरक्षणका लागि आग्रह गर्दछौ । साँफे मार्तडी सडक खण्ड वन्द भएकाले तत्काल सुचारु गर्नका लागि आवश्यक पहल गर्न माग गर्दछौ ।. बाजुरा जिल्लाका कवाडी र कोल्टी खाद्यान्न डिपोहरुमा चामल र नुन अभाव हुन सक्ने भएकाले तत्काल खाद्यान्न डिपोहरुमा चामलको ब्यवस्थापन गरि नागरिकको खाद्य अधिकारको रक्षा गर्न अनुरोध गर्दछौ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
कोल्टीमा हवाई मार्गको भाडादरमा अनीयमितता र मार्तडी कोल्टी सडक खण्डमा समेत मनोमानी भाडा लिने गरेकाले तत्काल समाधान गर्नका लागि अपिल गर्दछौ । जिल्लाका प्रत्येक पसल हरुमा मुल्यसूचि अनिवार्य रुपमा राख्न लगाई मुल्यमा एकरुपता गर्नका लागि आग्रह गर्दछौ ।
जिल्लाका संचार पहुँच नपुगेका क्षेत्रहरुमा तत्काल संचार सुविधाको ब्यवस्था गर्न अनुरोध गर्दछौ । जिल्ला विपद् ब्यवस्थापन समितिले तयार गरेको विपद् प्रतिकार्य योजना अनुसार जिल्लामा समस्यामा परेका समुदायहरुलाई तत्काल उद्धार र राहात उपलव्ध गराई नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गर्दछौ । हलिया, खलिया,वादी र भुमि नभएका नागरिक तथा समुदायलाई तत्काल भूमील उपलव्ध गराउन लागि पहल गर्न जोडदार माग गर्दछौ । लगायतका मागहरु सो ज्ञापन पत्रमा उल्लेख गरिएकोृ छ ।

चर्चामा

सम्बन्धित समाचार