बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • शिक्षा
  • २०७७ सालको एसईईको प्रश्नपत्र ९ लाखमा बिक्री

२०७७ सालको एसईईको प्रश्नपत्र ९ लाखमा बिक्री

  • बुधबार, असार २९, २०७९
२०७७ सालको एसईईको प्रश्नपत्र ९ लाखमा बिक्री

काठमाडौं — २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र ९ लाख २३ हजार ६५० मा बिक्री गरिएको एसईई परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसकेपछि प्रश्नपत्र पनिकामा राखिएको थियो । ५२ हजार ७८० केजी प्रश्नपत्र केजीको साढे १७ रुपैयाँले विक्री गरिएको कार्यलयले जनाएको छ ।

कार्यलयले झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरेको थियो ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले डढाउनु अथवा कुहाउनु भन्दा रिसाईक्लिङ गर्नु राम्रो भएकोले र राजश्व पनि आउने भएकोले बिक्री गरेको बताए । उनले भने ‘डढाउनु अथवा कुहाउनु भन्दा रिसाईक्लिङ गर्नु राम्रो हो, राजश्व पनि आयो ।’

कार्यलयको अनुसार करिब २ करोड लागतमा उक्त प्रश्नपत्र छापिएको थियो । यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार