• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका ३ मा नेकपा एमालेका उम्मेदवार अधिकारी बिजयी

बुढिगंगा नगरपालिका ३ मा नेकपा एमालेका उम्मेदवार अधिकारी बिजयी

  • शनिबार, असार २५, २०७९
बुढिगंगा नगरपालिका ३ मा नेकपा एमालेका उम्मेदवार अधिकारी बिजयी

बाजुरा — बुढिगंगा नगरपालिका ३ मा नेकपा एमाले उम्मेदवार खडक बहादुर अधिकारी विजयी भएका छन् ।नेपाली काँग्रेसका उम्मेदवार गोरख बहादुर रौलेलाई पछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार अधिकारी विजयी भएका छन् ।
विजयी खडक बहादुर अधिकारीले ५ सय २८ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी गोरख रौलेले २ सय १९ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ५ सय ११ काँग्रेस मेयरको २ सय ३२ र एमाले उपमेयर ५ सय २६ काँग्रेस उपमेयर २ सय १४ मत ल्याएका छन् ।
१ हजार ३ सय ४० मतदाता रहेको वडमा ७ मा ६७ सय मत खसेका थिए । १० वटा वडामा ६ वटा वडाको मतगणना सम्पन्न मध्य ५ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन भने वडा न ८ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा बिजयी भएका छन ।
बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।
नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार