• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका २ मा एमाले उम्मेदवार भण्डारी विजयी

बुढिगंगा नगरपालिका २ मा एमाले उम्मेदवार भण्डारी विजयी

  • शनिबार, असार २५, २०७९
बुढिगंगा नगरपालिका २ मा एमाले उम्मेदवार भण्डारी विजयी

बाजुरा — बुढिगंगा नगरपालिका २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । काँग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् ।
विजयी भण्डारीले ८ सय ३८ ल्याएका छन्, भने नर बहादुर थापाले २ सय ३५ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ८ सय ५१ काँग्रेस मेयरको २ सय २९ र एमाले उपमेयर ८ सय ५८ काँग्रेस उपमेयर २ सय १३ मत ल्याएका छन् ।
१४ सय ४३ मतदाता रहेको वडामा ११ सय १९ मत खसेका थिए । यो वडा एमालेको विजयी सँगै बुढिगंगामा ४ वटा वडा एमालेले जितेको छ । वडा नम्बर ३ र ८ को गणना भइरहेको छ ।
बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।
नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार