• होमपेज
  • बुढीगंगा
  • स्थायी कमिटि सदस्य थापाको टिप्पणी- बुढीगंगामा प्रधानमन्त्री र गृहमन्त्री हार्दैछन्

स्थायी कमिटि सदस्य थापाको टिप्पणी- बुढीगंगामा प्रधानमन्त्री र गृहमन्त्री हार्दैछन्

  • शनिबार, असार २५, २०७९
स्थायी कमिटि सदस्य  थापाको टिप्पणी- बुढीगंगामा प्रधानमन्त्री र गृहमन्त्री हार्दैछन्

बाजुरा  — नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी रहेकै बेला यो चुनावमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयोगका प्रमुख आयुक्तले एकसाथ हार्न लागेको टिप्पणी गरेका छन् ।

सोही नगरपालिकाका बासिन्दासमेत रहेका एमाले नेता थापाले वैशाख ३० गते सम्पन्न निर्वाचनको मतगणना नगरी राज्यसत्ता र न्यायपालिकाको समेत दुरुपयोग गरेर पुनः मतदान गराएका कारण उनीहरुले पराजय भोग्न लागेको आरोप लगाएका छन् ।

वैशाख ३० गते भएको मतदान रद्द गरी पुनः निर्वाचन गराउन महान्यायाधिवक्ता खम्म खातीले राज्यशक्तिको दुरुपयोग गरेको निर्वाचन आयोगको स्थलगत अध्ययन टोलीले निष्कर्ष निकालेर उनीमाथि कारबाहीको सिफारिस गरेको थियो । तर, आयोगका प्रमुख आयुक्तसहितको बहुमतले बुढीगंगामा पुनः मतदान गराउने निर्णय गरेको थियो । त्यसविरुद्ध एमालेका वडाध्यक्ष उम्मेदवार मतगणना माग गर्दै सर्वोच्च अदालत गएका थिए । कामु प्रधानन्यायाधीश दीपक कार्की र महान्यायाधिवक्ता खातीबीच प्रधानन्यायाधीशको च्याम्बरमा छलफल भएलगत्तै कार्कीको इजलासले पुनः मतदानको पक्षमा आदेश दिएको थियो ।

बुढीगंगामा भएको पुनः मतदानको गणनामा एमालेको अग्रता बढ्दै गएका बेला थापाले आफूहरु विजयोन्मुख रहेको भन्दै यो चुनावमा प्रधानमन्त्री, गृहमन्त्री, आईजीपी, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्तको पराजय हुने टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘बैशाख ३० गते भएको निर्वाचनको मतगणना भएको भए रंग खाती र खम्ब खातीमात्रै हार्ने थिए । असार २३ को निर्वाचनको परिणामले कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण,आईजीपी धिरजप्रताप सिंह, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश दीपक कार्की एकसाथ हार्दैछन । शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओलीको संकल्पलाई मार्गदर्शन मान्दै सूर्यमा मतदान गर्ने मेरा आदरणीय नगरवासीमा शीर निहुर्याएर कृतज्ञता व्यक्त गर्दछु । सत्यका विरुद्ध लड्ने मूर्खता नगर्न सबैमा अपिल गर्दछु ।

चर्चामा

सम्बन्धित समाचार