• होमपेज
  • बुढीगंगा
  • गठबन्धनका उम्मेदवारलाइ हराउदै बुढिगंगा ९ मा एमाले उम्मेदवार सिंह विजयी

गठबन्धनका उम्मेदवारलाइ हराउदै बुढिगंगा ९ मा एमाले उम्मेदवार सिंह विजयी

  • शनिबार, असार २५, २०७९
गठबन्धनका उम्मेदवारलाइ हराउदै बुढिगंगा ९ मा एमाले उम्मेदवार सिंह विजयी

बाजुरा — बुढिगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् ।
विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ५ सय ४२ काँग्रेस मेयरको २ सय ५६ र एमाले उपमेयर ५ सय ४२ काँग्रेस उपमेयर २ सय ६० मत ल्याएका छन् ।
१४ सय ८३ मतदाता रहेको वडामा ९ सय ३ मत खसेका थिए । पराजित गठबन्धनका उम्मेदवार भरत बहादुर थापा २०७४ सालमा एमाले बाट वडा अध्यक्षमा विजयी भएका थिए । बुढिगंगा नगरपालिमा एमालेको यो तेस्रो वडा जित हो । १ र १० मा पनि एमालेको वडा अध्यक्ष विजयी भएका थिए ।
बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार