• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका १ मा एमाले उम्मेदवार रण थापा विजयी

बुढिगंगा नगरपालिका १ मा एमाले उम्मेदवार रण थापा विजयी

  • शुक्रबार, असार २४, २०७९
बुढिगंगा नगरपालिका १ मा एमाले उम्मेदवार रण थापा विजयी

बाजुरा — बुढिगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लोग बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् ।
विजयी रण बहादुर थापाले ४ सय १६ मत ल्याएका थिए, भने लोग बहादुर थापाले ३ सय ५० मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ४ सय १८ काँग्रेस मेयरको ३ सय ७९ र एमाले उपमेयर ४ सय १३ काँग्रेस उपमेयर ३ सय ५० मत ल्याएका छन् ।
१३ सय २६ मतदाता रहेको वडामा ८ सय ३१ मत खसेका थिए । २०७४ को स्थानिय चुनावमा यो वडा नेपाली काँग्रेसले जितेको थियो ।
बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।
नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार