मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकामा मत गणना ११ बजेदेखी सुरू हुने

बुढीगंगा नगरपालिकामा मत गणना ११ बजेदेखी सुरू हुने

  • शुक्रबार, असार २४, २०७९
बुढीगंगा नगरपालिकामा मत गणना ११ बजेदेखी सुरू हुने

बाजुरा — बिहीबार सम्पन्न बुढीगंगा नगरपालिका नगरपालिकाको मतगणना शुक्रबाट ११ बजेबाट सुरु हुने भएको छ । बिहान बसेको सर्बदलिय बैठकले ११ बजेबाट मतगणना गर्ने निर्णय भएको बुढीगंगा निर्बाचन अधिकृत्तको कार्यालयले जानकारी दिएको छ । बिहीबार भएको निर्बाचनमा साझ निर्बाचन अधिकृत्तको कार्यालयले मतपेटीका बुझेर शुक्रबार बिहान सर्बदलिय बैठक बोलाएको थियो ।

बिहान नेपाली काँग्रेशका नेताहरु समयमा नआउदा सर्बदलिय बैठक साढे नौ बजे मात्र सुरु भएको निर्बाचन अधिकृत्तको कार्यालयले जानकारी दिएको छ । मत गणना दुई दुई वडाको गरि गरिने सहमति भएको छ । मतगणना स्थलमा सुरक्षा ब्यबस्था भने कडा पारिने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।

बैशाख ३० गतेको निर्बाचनमा धादली भएको भन्दै रोकीएको निर्बाचन असार २३ गते कडा सुरक्षाका साथ शान्ति पूर्ण तरिकाले सम्मपन्न् भएको छ । मतगणना हुन्जेलसम्म बुढीगंगा नगरपालिकामा सुरक्षा ब्यबस्गा कडा पारिने प्रहरीले बताएको छ । हिजो सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो ।

बुढीगंगा नगरपालिकामा एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट नेपाली काँग्रेशका रंगबहादुर खाती चुनावी मैदानमा छन् । उपप्रमुखमा एमालेबाट माया खड्का र गठबन्धनबाट नेपाली काँग्रेशकी रिता शाही उम्मेदवार बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार