बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • मनोरञ्जन
  • माइकल ज्याक्सनका तीन गीत स्ट्रिमिङ प्लेटफर्मबाट हटाइए, नक्कली भएको आशंका

माइकल ज्याक्सनका तीन गीत स्ट्रिमिङ प्लेटफर्मबाट हटाइए, नक्कली भएको आशंका

  • बिहिबार, असार २३, २०७९
सेयर गर्नुहोस् :
माइकल ज्याक्सनका तीन गीत स्ट्रिमिङ प्लेटफर्मबाट हटाइए, नक्कली भएको आशंका

काठमाडौं — नक्कली आवाज समावेश भएको हुनसक्ने कारण देखाउँदै ठूला स्ट्रिमिङ प्लेटफर्महरु स्पटीफाइ र एप्पल म्युजिकले माइकल ज्याक्सनका तीन गीतलाई हटाएका छन् ।

सोनी म्युजिक र ज्याक्सन प्रतिष्ठानले पनि ती गीत हटाइएको घोषणा गरेका छन् । हटाइएका गीतमा ब्रेकिङ न्युज, किप योर हेड अप र मोन्स्टर बोलका गीत छन् । यी सबै गीत सन् २०१० को एल्बम ‘पोस्टथोमस’मा संग्रहित थिए ।

ती गीतमा नक्कली आवाज भएको हुनसक्ने कारण देखाउँदै ज्याक्सनका प्रशंसकले अदालतमा मुद्दा दायर गरेका थिए । सोनी म्युजिक र ज्याक्सन प्रतिष्ठानले गीत हटाउनुको अर्थ ती गीतको सत्यतासँग सम्बन्ध रहेको बताएका छन् ।

‘गीतबारे उठेका विवादलाई साम्य तुल्याउन यी कदम चालिएका हुन्,’ गीत हटाउनुपर्ने कारणबारे सोनी र प्रतिष्ठानले उल्लेख गरेका छन् । उनका परिवारले समेत सार्वजनिक गीतहरु माइकलले नै गाएका हुन् भनेर शंका गरिरहेका थिए ।

ज्याक्सनका भतिजाले ट्वीटरमार्फत ती गीत ज्याक्सनले गाएकोजस्तो नदेखिएको उल्लेख गरेका छन् । सन् २०१४ मा ज्याक्सनका फ्यान भेरा सरोभाले केही स्ट्रिमिङ प्लेटफर्मले नक्कली गीतबाट लाखौं कमाइ गरेको भन्दै अदालतमा उजुरी दिएकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार