
बाजुरा– बाजुराकाे बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा प्रहरीद्वारा हवाई फायर भएकाे छ । तनाव सिर्जना भएपछि करिब ३५ मिनेट मतदान स्थगित पछि पुन सञ्चालनमा भएकाे छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । केहीबेर विवाद भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’ अधिकारीले भने, ‘करिब ३५ मिनेट मतदान स्थगित भयो । अहिले भने शान्तिपुर्ण तरिकाले मतदान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


