• होमपेज
  • बुढीगंगा
  • बाजुराकाे बुढीगंगामा मतदान सुरु

बाजुराकाे बुढीगंगामा मतदान सुरु

  • बिहिबार, असार २३, २०७९
बाजुराकाे बुढीगंगामा मतदान सुरु

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु  भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएर पुन मतदान आज भएको हाे।

बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलय बाजुराले जनाएको छ । निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य भइरहेकाे मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताएका छन । घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

अहिले सम्मकाे प्रारम्भिक खवर अनुसार सबै मतदान केन्द्रमा मतदान सुरु भइ सकेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरक्षक गिन्द्र वाेगटीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार