• होमपेज
  • देश
  • संघ र प्रदेशको चुनाव कात्तिक ३० कि मंसिर २ ?

संघ र प्रदेशको चुनाव कात्तिक ३० कि मंसिर २ ?

  • बुधबार, असार २२, २०७९
संघ र प्रदेशको चुनाव कात्तिक ३० कि मंसिर २ ?

काठमाडौं — निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ ।

आयोग पदाधिकारीहरुका अनुसार बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी छ । एक आयुक्त भन्छन्, ‘भोलि २ बजेपछि भेट होला ।’

त्यसको अघिल्लो दिन मंगलबार आयुक्तहरुबीच सम्भावित मितिबारे छलफल भएको थियो । त्यस क्रममा कात्तिक ३० सँगै मंसिर २ को मिति आएको आयोग स्रोत बताउँछ ।

दशैं तिहारको बीचमा मनोनयन दर्ता गर्ने गरी कात्तिक ३० गते बुधबार प्रस्ताव गर्ने छलफल भएको थियो । तर मंगलबारको छलफलमा मंसिर २ गते शुक्रबार पनि उपयुक्त हुने मत आएको छ ।

एक आयुक्त भन्छन्, ‘यदि शुक्रबार मतदान गर्ने हो भने शनिबार आराम गर्ने र आइतबारदेखि नियमित काममा जान सकिन्छ भन्ने मत आएको छ । भोलि निर्णय गरेर सिफारिस गर्छौं ।’

कात्तिक ३० वा मंसिर २ जुन मिति सिफारिस गरेपनि चुनाव भने एकै चरणमा गर्ने आयोगको निष्कर्ष छ । २०७४ मा भने दुई चरणमा चुनाव भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार