शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको बुढिगंगाको निर्वाचनमा ९५ जना कर्मचारी खटिए

बाजुराको बुढिगंगाको निर्वाचनमा ९५ जना कर्मचारी खटिए

  • मङ्लबार, असार २१, २०७९
बाजुराको बुढिगंगाको निर्वाचनमा ९५ जना कर्मचारी खटिए

बाजुरा — बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानिय तहको निर्वाचनमा ९५ जना कर्मचारी खटिएका छन । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायत ९५ जना कर्मचारी खटाईएको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ । बुढिगंगामा नगरपालिका १२ हजार ६ सय ५९ मतदाता रहेका छन् । निर्वाचनका लागि सोमबार बाट मतदान केन्द्रमा कर्मचारी खटाउन शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ ।
त्यस्तै बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा करिव दुई सय भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गर्ने भएका छन् । सबै मतदान स्थलमा आबश्यक सुरक्षाकर्मीको व्यबस्थापन नेपाल प्रहरी ससस्त्र प्रहरी र नेपाली सेनाले गरिहेको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख सुर्य बहादुर थापाले बताएका छन । मतदान केन्द्रको सुरक्षा नेतृत्व सिनियर प्रहरी अधिकृतले गर्ने थापाले वताएका छन् ।
वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निणर्य गरेको थियो । बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ । वडा र नगरबाट जनप्रतिनिधिले गर्ने नागरिकतालगायतका सबै सिफारिस ठप्प छन् । वडाबाट हुने सिफारिस रोकिएका छन् । नाता प्रमाणित, नागरिकता सिफारिसलगायत ३७ वटा कामहरु वडा कार्यालयबाट हुने प्रावधान छ ।

चर्चामा

सम्बन्धित समाचार