मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • महिंला हिंशा बिरद्धमा आवाज उठाउँनै पर्छ।

महिंला हिंशा बिरद्धमा आवाज उठाउँनै पर्छ।

  • आइतवार, असार १९, २०७९
महिंला हिंशा बिरद्धमा आवाज उठाउँनै पर्छ।

सुरेशकुमार पान्डे — हाम्रो समाज बिकास भनेको महिंला र पुरूषको समान योगदान बाट भयकोहो।महिंला र पुरूष दुबैको योगदान बिना समाजको कल्पना गर्नै पनि सकिदैन।
तर आज समाज भित्र निरन्तर लैङ्गिय हिंशा बढ्दै गएकोछ यसका कयौं कारणहरू हुनसक्छन तर प्रमुख कारण पुरूस प्रधान समाजनै यसको मुख्य दोशीहो।महिंलाहरू अहिले पनि पुरूषको आश्रितमा छन सानो छंदा पनि दाइ भाईको बाको रेख देखमा ठुलो भएर बिहे भयो भने परिवरमा श्रिमान लगायतका पुरूषहरूको रेख देखमा र आमाहरू समेतलाई छोराहरूको रेखदेखमा रहनुपर्छ।आजको यो विज्ञानिक युगमा अशिक्षित कम हुंदै गयता पनि महिंलाहरूलाई हेर्ने दृष्टीकोणमा आशिंक सुधार भएको देखिदैन।महिंलाहरू बांच्दा सम्मनी स्वतन्त्र भयर मानव सरह ज्युँन पाएका हुंदैनन्।
लैङ्गिय बिभेद मात्र होइन उनिहरूले गर्भै देखिनै हिंशाको सामना गर्दै आएका हुन्छन।छोराको चाहानामा दस बहिनी छोरी जन्माउँन पछि नपर्ने स्वायम महिंला दुइ भाई छोरा जन्मिएपछी परिवार नियोजन खुसिभयर गरेका हुन्छन।तर दस बहिना छोरी जन्माउँदा पनि छोराको स्थान रिक्तनै हुन्छ उनको मनमष्तिकमा, यानिकी छोरा मोह सकिदैन।
त्यो हुनु अहिलेपनि छोरीलाई पराया सम्पत्ति ठानेका हुन्छन त्यसो गर्नेहरू स्वायम महिंलाहरू पनि हुन्छन र कयौं बुजुर्वा हरू मात्र होइन आफुलाई कम्युनिष्क भन्नेहरूपनि पर्दछन।
हामिले सती प्रथाको अनत्य भयो भनेर छाती चाक्लो पार्छौँ तर सती प्रथा आजपनि घर घरमा छन।सती प्रथा ज्युँदा महिलाहरूलाई आगामा हामफालेर जिवन लिला समाप्त पार्नु पर्दथ्यो तर अहिले त सामाजिक वा घरेलु लावामा दिनौदिन चौबिसै घन्टा जलेका हुन्छन।कुनै महिंला छाउगोठमा मृत भेट्टिन्छ कुनैले आत्महत्या गर्छन कुनै महिंला घरमा मृत फेलापर्छन कुनै होटेलमा मृत फेला पर्छन,कुनै महिंला माथि सामुहिक बलत्कार रहुन्छ र हत्यागरिन्छ यो भन्दा सामाजिक बिड्मबना केहुन सक्छ?यो सती जानु भन्दापनी झन पिडादायक अबस्था होइनर?सती त एक पल्ट मर्थी यहां त हजारौं पल्ट मर्नुपरेको हुन्छ।
अहिले यो एक्किसौं सताब्दीमा पनि हाम्रो समाज रूढीवादी र कुसँस्कारले भरिभरावछ।मासिक धर्म भयको वेलामा उनिहरूलाई सूदुर पश्मि तिर छाउ गोठमा पठाइन्छ तर नेपाल भरिनै उनिहरूलाई अछुत सम्झिएर बेग्लै असहज ठाउमा राख्ने चलनछ,महिंलाहरूलाई बोक्सिनीको आरोप लगाएर उनिमाथी दुरब्यबहार घरेका कयौं घटनाहरूछन।महिंलाहरूको अहिले पनि जनमसिद्ध सम्पतिमा छोरा सरह अधिकार छैन।अहिले त झन प्रगतिशिल बिहेको नाउमा छोरीलाई चरानाम पठाएको कयौं घटनाहरू देखिन्छन।महिंलाहरूलाई सम्पत्तिमा समान अधिकार दिनुको साटो प्रगतिसिल बिहेगरेर बाउ आमाले उनै छोरीको बिबहा खर्च समेत बचाउँने प्रयात्न गर्छन र आफुले प्रतगिसिल बिहेगरेको गफ लगाउँछन।जसरी पनि छोरीहरूको नै अपमान गर्ने उनिहरूको अधिकार खोस्ने ब्यबहार अगाडी सारेका हुन्छन।
छोरीलाई सानै देखुन सिंगार बटार गर्न लगाएर पुरूषको कटपुतली जस्तै बनाउँन स्वायम हामी बा आमाले भुमिका खेलेका हुन्छौं।यो सबै सामाजिक रूढीवादी बुजुर्वा संस्कारको परिणाम आज छोरीहरू हिंशाको सिकार भयकाछन।
एकातिर प्रगतिसिलको नाममा पश्चिमी छाडा संस्कार भित्रियो उनिहरूको लगाइ ख्वाई नै अश्लिल प्रकारको हुन थाल्यो आर्को तिर बुजुर्वा बिचारका कारण उनिहरूले आफुलाई कम्जोर र कोमल बनाएउँन छाडेकाछैनन् त्यो दुइप्रकारको संस्कारको परिणाम महिंलाहरूमा लैङ्गिय अप्राध हुँदै आएकोछ।अहिले टालेको कपडा लगाउँदा लाज मान्छन तर फाटेको कपडालाई फेसनको रूपमा स्विकारछन यसरी हाम्रो समाजले बाटो बिराउँदै गयकोछ।
अब सहनसिलता त छंदैछैन महिंलाहरूले थोरै घरमा कतै बादबिवाद भयोकी बिष सेवन गर्छन कसैलाई मारिन्छ कसैले झुणिएको फेला पर्छन यि सबै कुनैन कुनै घरेलु वा सामाजिक अप्रादका सिकार भयका हुन्छन।उनिहरूलाई यसोगर्नुमा उक्साउनेहरू नै मुख्या रूपमा दोसिहुन उनिहरूलाई कठोर कारवाही गर्नुपर्छ।
तर महिंला हिंशा रोक्नको लागी स्वायम महिंलाहरूले पनि पहल गर्नुपर्छ शंघर्ष गर्नुपर्छ।हाम्रा चेलीहरू भारतका कयौं ब्यस्यालयहरूमा नारकिए जिवन ब्यातित गर्नु बाध्य भयकाछन यो सबै महिंलाहरूले पर्तिकार गर्न नसक्नु पनि एउटा कारणहो।
महिंला वा पुरूषहरूले अभेद रिलेसन बनाएर राख्नु वा घर छाडेर टाडा बस्दा महिंलाले पुरूष साथि बनाउनुं याबत कारणहरूले गर्दा पनि महिंलाहरू बिरद्धको हिंशा बढेको देखिन्छ।अहिले ग्रल फ्रेण्ड र ब्या फ्रेण्ड बनाउँने फेसन जस्तै भयकोछ।स साना बालखहरूको मुख बाटपनि ब्याय फ्रेण्ड र ग्रलफ्रेण्डका शब्द सुन्न सकिन्छ। त्यो पनि हाम्रो समाजको मूल ढांचा बिरूद्धको महिंला पुरूष बिचको समबन्धहो तरपनि एक आर्काको आखा मिचौली गरेर भयपनि त्यस्तो रिलेसन बनाएका हुन्छन परिणाम त्यसको पनि भयानक हुन्छ।पारिवार भित्र पनि महिंला र पुरूषको बिचमा स-साना झैझग्डा यि र यस्तै कारणबाट पनि हुनेगरेका कयौं उद्धारणहरू छन।एउटा सच लुकाउँनको लागी कयौं झुठहरू बोल्छन तरपनि त्यो सच एकन एकदिन घाम जस्तै छर्लङ्गै हुन्छ।
अहिले निरन्तर समाजमा भएको महिंला हिंशा बिरूद्धमा शंघर्ष गर्नुपर्ने खांचोछ।कानून् बनाएर वा महिंलालाई आरक्षाण दिएर मात्र यो लैङ्गिय जातिय समस्याहल हुनेवाला छैन यसका लागी समाजको दृष्टीकोणमा बद्लाव ल्याउँनैपर्छ।त्यसका लागी जनताको चेतनास्तिर उठाउँनु नितान्त आबस्याकताछ।

चर्चामा

सम्बन्धित समाचार