बाजुरा — बुढिगंगा नगरपालिकामा स्थगित भएको निर्बाचन २३ गते हुने भए संगै भयरहित गराउन सर्बदलिय बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, मर्यादित र भयरहित बनाउने राजनितीक दलले प्रतिबद्धता जनाएका छन ।
बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश माधव प्रसाद घिमिरेको अध्यक्षतामा संचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन ।
सर्बदलिय बैठकमा नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा, नेपाली काग्रेसका सहमहामन्त्री बद्री पाण्डे, एमाले केन्द्रीय सदस्य लाल बहादुर थापा, सहदेब बोगटी लगायत जिल्ला स्थित नेताहरुको सहभागीता रहेको थियो । बैसाख ३० गते भएकाे स्थानिय तहकाे निर्वाचनमा धादली भएकाे भन्दै स्थगित गराएकाे थियाे । स्थगित भएकाे चुनाव पुन असार २३ गतेका लागि ताेकिएकाे छ ।