• होमपेज
  • राजनीति
  • एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

  • आइतवार, असार १९, २०७९
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार