काठमाडौं — नेपाल राष्ट्र बैंकले आइबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर शनिबार एकको करिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा पुगेको छ ।
शुक्रबार करिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७६ पैसा रहेको डलर बिहीबार खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा थियो । मंगलबारपछि निरन्तर बढेको डलरको बुधबारको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा थियो।
यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ९० पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४६ पैसा र बिक्री दर ३४ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।