• होमपेज
  • समाचार
  • बलात्कार आरोपमा शिक्षक पक्राउ

बलात्कार आरोपमा शिक्षक पक्राउ

  • बुधबार, असार १५, २०७९
बलात्कार आरोपमा शिक्षक पक्राउ

अर्थ जङ शाही/बझाङ — बझाङमा युवतीलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा केदारस्यु गाउँपालिका स्थित सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी रहेको प्रहरीले जनाएको छ ।

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी युवतीलाई गुर्धामीले बलात्कार गरेका थिए ।

गुर्धामीले राति १ बजेतिर युवती सुतेको कोठामा प्रवेश गरेर बलात्कार गरेको र युवतीले यो कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुंगानाले बताए ।

घटनापछि फरार रहेका गुर्धामीलाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ढुंगानाले बताए ।

चर्चामा

सम्बन्धित समाचार