शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • फलफूल पकाउन कार्वाइड ग्याँस प्रयोग नगर्न आग्रह

फलफूल पकाउन कार्वाइड ग्याँस प्रयोग नगर्न आग्रह

  • मङ्लबार, असार १४, २०७९
फलफूल पकाउन कार्वाइड ग्याँस प्रयोग नगर्न आग्रह

काठमाडौं — फलफूल पकाउनका लागि कार्वाइड नामक एसिटिलिन ग्यास प्रयोग नगर्न व्यवसायीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको छ ।

स्वस्थ्यमा प्रतिकुल असर पार्ने उक्त ग्याँसको प्रयोग गरेर काँचो फलफूल पकाउनू खाद्य नियमावली विपरीत भएको पनि विभागले जनाएको छ ।

व्यवसायिक रुपमा फलफूल पकाउन पर्ने व्यवसायीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वीकृत रसायन मात्रै प्रयोग गर्न पनि विभागले सचेत गराएको छ ।

विभागले आँप लगायतका सिजनल फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल प्रयोग नगर्न र त्यस्तो गरेको पाइए तत्काल विभागमा खबर गर्न उपभोक्तालाई आग्रह समेत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार