शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • काेल्टीमा अपुग खाद्यान्न ढुवानी गर्न नगरप्रमुख वोहोरोको अनुराेध

काेल्टीमा अपुग खाद्यान्न ढुवानी गर्न नगरप्रमुख वोहोरोको अनुराेध

कार्यालयमा मौजाद रहेको खाद्यान्न असोज सम्म पुग्ने दावी

  • मङ्लबार, असार १४, २०७९
काेल्टीमा अपुग खाद्यान्न ढुवानी गर्न नगरप्रमुख वोहोरोको अनुराेध

जीवन कैला — बाजुराको वुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार वोहोराले खाद्यान्न समस्या समाधानका लागि कार्यालयका प्रमुखसंग छलफल गरिएकाे छ । नगर प्रमुख वोहोराले नेपाल खाद्य संस्थान डिपो कार्यालय कोल्टी र नुन डिपोका कर्मचारीसंग खाद्यान्न र नुनको अवस्था वारे जानकारी लिदै समस्या समाधानका लागि छलफल गरिएकाे हो । नेपाल खाद्य संस्थान कोल्टी प्रमुख भीमबहादुर वुढा र नुन डिपो प्रमुख जयराम रेग्मीसंग छलफल गर्दै नगर प्रमुख बाेहराले खाद्यान्न र नुनको अवस्था वारे जानकारी लिनुका साथै अपुग नुन र चामल समयमै ढुवानी गर्न अनुराेध गरेका छन ।

स्थानियलाई खाद्यान्न र नुनका लागि समस्या नहोस भन्ने उदेश्यले दुवै डिपोका प्रमुखलाइ आफ्नो कार्यकक्षमा वोलाएर खाद्यान्न प्रयाप्त भए नभएको वारे जानकारी लिदै अपुग छ भने चाडो ढुवानि गर्नु पर्ने बताएका छन । वर्खा लागि सकेकाले पछि खाद्यान्न र नुन ढुवानिमा समस्या हुन सक्ने भन्दै उनले अपुग भए तत्काल ढुवानि गर्न निर्देशन दिएकाे नगरपालिकाले जनाएकाे छ । सडकको अवस्था राम्रो नभएकाले वर्षातको समयमा ढुवानि गर्न समस्या हुने भन्दै उहाँले कति आवश्यक पर्छ त्यो समयमै ढुवानि गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।

विगतका वर्षहरुका समस्या हामिले झेलिसकका छाैँ, यो वर्ष पनि सोहि समस्या नदोहोरीयला भन्न सकिन्न ? वारवार दोहोरीने समस्याले स्थानिय हैरानित वनेका नगर प्रमुख बाेहराले बताए । बर्षेनी सडक अवरुद्धका कारण खाद्यान्न ढुवानि नुहदा स्थानियले समयमा खाद्यान्न पाउन नसकेको स्मरण गर्दै बाेहराले यस वर्ष समयमै ढुवानि गरी वरु माैँज्जाद राख्न आग्रह गरेका छन ।

छलफलमा खाद्यान्न ढुवानि गर्नु पर्ने भए पनि नुन ढुवानि गर्नु पर्ने अवस्था नरहेको कर्मचारीले बताएका छन । नुन डिपो प्रमुख जयराम रेग्मीले यस वर्ष ९ सय ८० क्वीन्टल नुन वितरण हुने अनुमान गरीएको बताउनुभएको छ । ९ सय ५७ क्वीन्टल डिपोमा माैज्जाद रहेको र २३ क्वीन्टल ढुवानि हुने क्रममा रहेकोले यस वर्षका लागि नुन प्रयाप्त हुने बताएका छन् ।

ढुवानि हुन वाँकि रहेको नुन तत्काल ढुवानी भए पछि आउदो मंसिर सम्म पुग्ने कार्यालय प्रमुख रेग्मीको भनाई छ । नेपाल खाद्य संस्थान प्रमुख भीमबहादर वुढाले कार्यालयमा २ हजार ५ सय क्वीन्टल चामल माैँज्जाद रहेको बताएका छन । अहिले दैनिक सरदर वितरण हुने २० क्वीन्टलका दरले महिनामा ६ सय क्वीन्टल चामल आवश्यक पर्ने बुढाले बताएका छन् । यहि अनुपातमा चामल विक्रि वितरण भए साउन, भदौ र असोज गरी तिन महिनालाई पुगे पनि कार्तिकका लागि अपुग हुन सक्ने कार्यालय प्रमुख वुढाले बताएका छन । कार्यालयमा माैज्जाद रहेको चामल यस वर्षका लागि पुग्ने अनुमान गरीए पनि दैनिक २० क्वीन्टल भन्दा वढि विक्रि वितरण भएको खण्डमा केहि भन्न नसकिने उनको भनाई छ ।

गत वर्ष यति वेला १ हजार क्वीन्टल चामल माैज्जाद रहेको कार्यालयमा अहिले भने २ हजार ५ सय क्वीन्टल मौजाद रहेको कार्यालयले जनाएको छ । कोल्टीका लागि ५ हजार क्वीन्टल चामलको कोटा थपिए पनि मुल्य वृद्धि भएको भन्दै ठेकेदारले ढुवानि गर्न नमानेकाले समस्या भएको कार्यालय प्रमुख वुढाले बताएका छन । ६ महिना खान नपुग्ने बाजुरामा अधिकासंलाई खाद्यान्नको भर भए पनि समयमा उपलब्ध नहुदा वर्षेनि दुख पाउने गरेको स्थानियले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार