शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिक गाउँपालिकामा माथिबाट आएको ढुङगाले च्यापिएर एक बालक घाईते

स्वामिकार्तिक गाउँपालिकामा माथिबाट आएको ढुङगाले च्यापिएर एक बालक घाईते

  • मङ्लबार, असार १४, २०७९
स्वामिकार्तिक गाउँपालिकामा माथिबाट आएको ढुङगाले च्यापिएर एक बालक घाईते

बाजुरा — भिरबाट ढुङगा खसेर बिद्यालय जान लागेका एक बालक घाईते भएका छन । घाईते हुनेमा उत्तरी क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिका वडा न २ छुद्धरीका नर्जन बुढाका ५ बर्षका छोरा लैजन बुढा रहका छन ।
भिरबाट खसेको ढुङगाले लछारेपछी बालक घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्य बहादुर थापाले बताएका छन । हिजो बिहान बिद्यालय जान लागेका निज बालक घाईते भएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याएको प्रहरी प्रमुख थापाले बताए ।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उनको उपचार सम्भव नभए पछि प्रमुख जिल्ला अधिकारीले हेलिकप्टरको पहल गरेका छन, तर मौसम खरावीका कारण हेलीकप्टर आउन नसकेको प्रहरी नायव उपरिक्षक थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार