शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • नवनियुक्त मन्त्रीले लिए सपथ

नवनियुक्त मन्त्रीले लिए सपथ

  • सोमवार, असार १३, २०७९
नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडौ — एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त चार मन्त्रीलाई सपथ सपथ खुवाएकी हुन्।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकासमन्त्री, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई भण्डारीले सपथ खुवाएकी हुन्। खापुङ यसअघि राज्यमन्त्री थिए। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपऊ खुवाएका छन्।

शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हाल्दैछन् ।

एकीकृत समाजवादीका मन्त्री ठूलो लफडापछि आइतबार फेरिएका हुन्। पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्रीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसम्म गुहारेका थिए। बजेटलाई कारण देखाउँदै समाजवादीको निर्णय कार्यान्वयन धकेलिँदै आएको थियो।

एकीकृत समाजवादीको सिफारिसबमोजिम प्रधानमन्त्री देउवाले आइतबार मन्त्री हेरफेरको सूची राष्ट्रपति भण्डारीसमक्ष पठाएका थिए। त्यसपछि चार मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका हुन्।

यसअघि उक्त पार्टीबाट प्रेमबहादुर आले संस्कृतिमन्त्री, रामकुमार झाँक्री सहरी विकासमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रममन्त्री र विरोध खतिवडा स्वास्थ्यमन्त्री थिए। उनीहरू सरकारबाट बाहिरिएका छन्।

केही मन्त्री र सांसदले फिर्ता बोलाउने विषयमा असहमति जनाएर असार ९ गते अध्यक्ष माधवकुमार नेपाललाई पत्रसमेत पठाएका थिए। त्यसमा हस्ताक्षर गरेका ६ सांसद शनिबार पछि हटेका थिए। शनिबार बसेको केन्द्रीय समिति बैठकले अब देउवा र प्रभण्डलाई नपर्खिने, ढिलाइ गरे अपमानका रूपमा लिने चेतावनी दिएको थियो।

चर्चामा

सम्बन्धित समाचार