मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • बझाङमा वडा अध्यक्ष चढेको जिप दुर्घटना चालक सहित ६ जना घाइते

बझाङमा वडा अध्यक्ष चढेको जिप दुर्घटना चालक सहित ६ जना घाइते

  • आइतवार, असार १२, २०७९
बझाङमा वडा अध्यक्ष चढेको जिप दुर्घटना चालक सहित ६ जना घाइते

 अर्थ जङ शाही बझाङ — बझाङमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन् ।

जिल्लाको दुर्गाथली गाउँपालिका–३ रकैल तर्फ गैरहेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप सडक भन्दा करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटनामा परि दुर्गाथली गाउँपालिका–७ का ४० बर्षिय चालक रुपाल जप्रेल, दुर्गाथली गाउँपालिका शिक्षा शाखा संयोजक बैतडिको सुनर्या गाउँपालिका –२ घर भएका ४५ बर्षिय ललित कुमार पाण्डे, दुर्गाथली गाउँपालिका – ५ का वडाअध्यक्ष ४५ बर्षिय वकिल जप्रेल, दुर्गाथली गाउँपालिका–७ का ५२ बर्षिय उदव सिंह, दुर्गाथली गाउँपालिका –४ का ४८ बर्षिय खगेन्द्र मिश्र्र र दुर्गाथली गाउँपालिका–७ का ४० बर्षिय विष्णु बहादुर दौल्याल रहेका छन् । घाइतेहरुको हात, खुट्टा, टाउँको, कम्मरमा चोट लागेपनि अवस्था सामान्य रहेको दुर्घटनामा परि घाइते भएका खगेन्द्र मिश्रले बताए ।

दुर्घटना केकसरि भयो भन्ने नखुलेको र एम्बुलेन्स सहित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटाएकोले घाइतेहरुलाई जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी जनक ढुंगानाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार