• होमपेज
  • समाचार
  • एशियन लाइफ इन्स्योरेन्स बाजुराद्धारा मृत्यू दावी रकम भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स बाजुराद्धारा मृत्यू दावी रकम भुक्तानी

  • आइतवार, असार १२, २०७९
एशियन लाइफ इन्स्योरेन्स बाजुराद्धारा  मृत्यू दावी रकम भुक्तानी

बाजुरा — एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड बाजुराबाट बाइक र्दुघटनामा परि मृत्यू भएका बलराज बराल (सुनार) की श्रीमती  जयन्ति कुमारी शाहीलाइ  चालिस लाख सात हजार एक सय एकाउन्न  रुपैंया उपलब्ध गराएकाे छ । बाम्का हाट बजार ब्यबस्थापन समितीका अध्यक्ष एवं त्रिबेणी नगरपालिका वडा नं ९ का वडा सदस्य  दिपक ब. साँउदबाट एक औपचारिक कार्यक्रमका बिच चेक हस्तान्तरण गरिएकाे हाे ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडमा  २०७८ पाैष २३ गतेका दिन सुनारको बिमाङ्क २० लाख ,बिमा अवधि १५ बर्षे र किस्ता रकम रु. १,४४,६२४ मात्र को एशियन सावधिक जीवन बिमा योजना भएको बिमालेख जारि गरिएको थियो । करिब १ महिना नबित्दै  बरालको  २०७८ माघ २२ गतेका दिन बाइक र्दुघटनामा परि मृत्यू भएको हुनाले उक्त रकम हस्तान्तरण गरिएको एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड बाजुरा शाखाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार