शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिक खापर गाउँपालिकाका यस्ता छन निति तथा कार्यक्रम

स्वामिकार्तिक खापर गाउँपालिकाका यस्ता छन निति तथा कार्यक्रम

  • शनिबार, असार ११, २०७९
स्वामिकार्तिक खापर गाउँपालिकाका यस्ता छन निति तथा कार्यक्रम

बाजुरा —  स्वामिकार्तिक खापर गाउँपालिकाकाे गाउँ  सभाबाट महत्वपूर्ण कार्यक्रम पारित गरेको छ । जसमा निति तथा कार्यक्रम यस प्रकार रहेका छन ।

१.यस गाँउपालिकामा प्राविधिक शिक्षा पढाउनका लागि एक बहुप्राविधिक शिक्षालय खोल्न आवश्यक पहल गरिनेछ ।
२.शैक्षिक क्षेत्रका समस्या समाधानका साथै शैक्षिक गुणस्तरमा देखिएका समस्या समाधानका लागि जनप्रतिनिधिलाई प्रत्यक्ष रुपमा जिम्मेवार बनाउनका लागि महिनामा एक पटक “विद्यालयमा जनप्रतिनिधि”, कार्यक्रम सञ्चालन गरिने छ । शैक्षिक क्षेत्रमा थप उपलब्धी हासिल गर्न बेला बेलामा आवश्यक अनुगमन कार्यलाई निरन्तरता दिइने छ ।
३.कोरोना महामारीबाट सबै भन्दा बढी थला परेको शिक्षा क्षेत्रलाई माथि उठाउनका लागि शिक्षा क्षेत्रमा व्यापक सुधारको नीति अवलम्बन गरिनेछ । पूर्वाधारको विकास, जनशक्तिको विकास र निर्माणाधिन विद्यालयका भवनलाई समयमा नै निर्माण कार्य सम्पन्न गरिनेछ ।
४.शिक्षण संस्थाहरुलाई सूचना तथा संञ्चार प्रविधिको प्रयोग तर्फ प्रोत्साहन गर्न कम्प्युटर, प्रोजेक्टर, स्मार्टबोर्ड जस्ता आधुनिक शैक्षिक सामग्रीको प्रयोगमा जोड दिदै अन्य आन्तरिक भौतिक स्रोत साधन सम्पन्न गरिदै लगिनेछ । विद्यालयहरुलाई सूचना, सञ्चार र प्रविधि सँग जोडनका लागि विज्ञान प्रयोगशाला, पुस्तकालय र आइ.सि.टि. ल्याब सहित इन्टरनेट जडान गरिनेछ ।्
५.विद्यालयलाई शान्ति क्षेत्रको रुपमा विकास गर्न विद्यालय भित्र कुनै पनि राजनीतिक दलका कार्यक्रमहरु संचालन गर्न नदिने व्यवस्था मिलाईने छ । साथै विद्यालय क्षेत्रको १०० मिटर दुरी भित्र सुर्ती तथा सुर्ती जन्य पदार्थ, मदिरा तथा मध्यपान जन्य पदार्थ र अन्य लागु औषध जन्य पदार्थ विक्रि वितरणमा कडाइका साथ प्रतिवन्ध लगाइनेछ ।
६.गाउँपालिकाका सामुदायिक विद्यालयहरुको प्रधानाध्यापकका लागि शिक्षा ऐनमा भएको व्यवस्था अनुसार तहगत शैक्षिक योग्यतालाई अनिवार्य लागू गरिने छ ।
७.स्वयमसेवक शिक्षकहरु लाई पोशाक भत्ता उपलब्ध गराईनेछ ।
८.गाउँपालिकामा जिल्ला स्तरीय खेलकुद आयोजना गर्न सकिने खालको खेल मैदान निर्माण गरिनेछ ।
९.मिगु देखि फयालगाँउ सम्मको सडकलाई यसै आर्थिक बर्षमा स्तरोन्नती गरि वाह्रै महिना संचालन हुने बनाउदै, ५ वटै वडा कार्यलय र वडाका महत्वपुर्ण सबै वस्तीमा सडक सञ्जालले जोडिने छ । यस गाउँपालिकाको वार्ड नं. २ बाट कालिकोट सिमाना हुँदै लौठी –घेजाड – काटकोईराला –जोरु सैदेवको लेखाली सडकलाई उच्च प्राथमिकता राखी कार्य निरन्तर अगाडी बढाईनेछ ।
१०.गाउँपालिकाले मोटो रकम खर्चेर पनि प्राविधिक तुर्टी तथा विविध कारणले हाल सम्म राम्रोसंग संञ्चालन हुन नसकेको कर्णालीको फेरीलाई पूर्ण सुचारुको अवस्थामा ल्याउन लगाई सकेपछि फेरी संचालनको उचित संयन्त्र र कार्यविधि बनाई व्यवस्थित रुपमा सुचारु गरीनेछ ।
११.गाउँपालिकाको प्राथमिकतामा रहेको वाईको लिफ्ट सिँचाईलाई प्राथमिकतामा राख्दै यसै आर्थिक बर्ष भित्र वाईका खेतमा सिंचाईको पानी पुगाउने लक्ष्य लिएकोछ ।
१२.ढिकोरी लघुजलविद्युत आयोजनालाई छिटो भन्दा छिटो सम्पन्न गरी सेवा विस्तार गरिनेछ ।
१३.सामुहिक र व्यक्तिगत ढंगले संचालन गरिएका कृषि व्यवसायलाई उत्पादन वृद्धी गर्नका लागि साना सिँचाई र पानी टंकीको सहयोग गरिनेछ ।
१४.खाने तेलको मूल्य दिन प्रतिदिन बढीरहेको समयमा यस स्वामिकार्तिक खापर गा.पा. भरी सहज उत्पादन गर्न सकिने सुर्यमुखी, तोरी,भटमास र ढटेलोको खेति गर्न प्रोत्साहन गर्ने निति लिइनेछ ।
१५.कृषिमा आवद्ध भएका व्यवसायिहरुको विभिन्न जोखिमबाट बच्नका लागि कृषि विमा र पशुपंक्षि विमाको व्यवस्था मिलाईनेछ ।
१६.माछा पालन कृषकहरुलाई अनुदान दिने नीति लिईनेछ । साथै माछाको नर्सरी स्थापनाका लागि कृषक समुहहरुलाई प्रात्साहन गरिने छ ।
१७.गाउँपालिका भित्रका पशुको नस्ल सुधार कार्यक्रम अगाडी बढाउदै “एक घर एक दुहुनु गाईर्” भएको अवधारण लिदै यस क्षेत्रकै दुग्ध जन्य उत्पादन गर्नका लागि एक दुग्ध डेरी स्थापना गर्ने नीति लिईनेछ ।
१८.गाउँपालिका र वडा स्तरिय कृषि उपज संकलन केन्द्र स्थापना गरिनेछ ।
१९.जलवायू अनुकुलन खेति प्रर्णालीको विकास गरी रैथाने बालीको संरक्षण, प्रर्बद्धनमा जोड दिदै उत्पादनमा बृद्धि गर्ने नीति लिईनेछ ।
२०.फलफुल खेती प्रवद्र्घन तथा कृषकलाई व्यवसायिक बनाउनका लागि गाउँपालिकाका पाँचै वडाको उपयुक्त जमिनमा फलपूmल खेती विस्तार गरिने छ ।
२१. बाली विशेषका आधारमा पटेक क्षेत्र विस्तार गरिनेछ ।
२२.धार्मिक पर्यटन व्यवसायको सम्भावना अध्ययन गरिनेछ । पुराना धार्मिक क्षेत्रहरुको पुनः निर्माण र मर्मत सम्भार गारिनेछ ।
२३.पर्यटनको प्रचुर सम्भावना र महत्व रहेको पादुका देखि – देउरा जोडने जिपलाईनको डिपीआर गरिनेछ ।
२४.पुराना पोखरी, ताल, मुहानको संरक्षण गरि प्रयोगमा ल्याइनेछ ।
२५.धर्मिक तथा एग्रो टुरिजमलाई प्रवद्र्धन गर्न आवश्यक नीति लिईनेछ ।
२६.७० बर्ष भन्दा माथिका बृद्धा बृद्धहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।
२७.जेष्ठ नागरिहरुको ज्ञान, सिप तथा अनुभवहरुलाई पुस्ताहस्तान्त्रण गर्नका लागि गाउँपालिकाको केन्द्रमा जेष्ठ नागरिक मिलन केन्द्र खोलिने छ ।
२८.विकास निमार्णका कार्यलाई असोज महिनाको पहिलो हप्ता भित्र सञ्चालनमा ल्याइने छ ।
२९.समयमै काम नगर्ने र गुणस्तर हिन काम गर्ने ठेकादारलाई कानुनी कारवाहिको दायरामा ल्याइने छ । साथै गुणस्तरी रुपमा समयमा नै कार्य सम्पन्न गर्ने निमार्ण व्यवसायीहरुलाई पुरस्कृत गर्ने निति लिईनेछ ।
३०.बाढी पहिरोको प्रभावले जोखिममा परेका घर बस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निती लिइनेछ ।
३१.तराईको इनारको पानी जार र बोतलमा राखी पहाडमा खानु भन्दा पहाडको शुद्ध चिसो पानी प्रशोधन गरी “स्वामिकार्तिक मिनरल वाटर” नामक पानी उत्पादनको लागि नीजि क्षेत्रसंग आवश्यक सहकार्य गरिनेछ ।
३२.हाम्रो आफ्नो बजार र नयाँ बस्ती बिकासका लागि एकिकृत बस्ती बिकास योजनालाई संचालन गर्न पहल गरिनेछ ।
३३. ५० वर्ष माथि उमेरका साहार विहिन एकल पूरुषहरुलाई दोहोरो सुविधा नपर्ने गरी मासिक भत्ताको व्यवस्था गरीनेछ ।
३४. सुत्केरी महिलाहरुसंग उपाध्यक्ष कोसेली कार्यक्रम लागु गरीनेछ ।
३५.गर्भवति महिलालाई नियमित स्वास्थे जाँच गरेवापत प्रोतसाहन स्वरुप २ पोका आयोडिनयूक्त नून र पोषण सामग्री उपहार कार्यक्रम लागु गर्ने नीति लिईनेछ ।
३६. स्वामीकार्तिक खापर गाउँपालिकाको योजनाबद्ध,दिगो र बातावरणमैत्रि विकासका लागि एकिकृत विज्ञ टोलीको अध्ययन गराई सोहि अनुसार विकास गतिविध संचालनको नीति लिईनेछ ।
३८. घर छाना निर्माणका लागी वडा तथा गाउँपालिका बाट अनुमति लिई सकेपछि मात्र सामुदायिक वनहरुले पुर्जी दिने व्यवस्था मिलाइनेछ ।
# गाउँपालिकामा भए गरेका सम्पुर्ण गतिविधीलाई वेइबसाइट मार्फत सार्वजनिक गरिनेछ ।
३९.गाउँपालिकामा निमार्ण हुने भौतिक पूर्वाधार लगाएत अन्य कार्यक्रमहरुको प्रभावकारी मूल्याँकन तथा अनुगमनका लागि अन्तर वडाका जनप्रतिनीधि तथा प्राविधिहरुलाई क्रसचेकिङको अनुगमन नीति लिईने छ ।
४०.गाउँपालिकामा खानेपानीको गुणस्तर मापनका लागि गाउँपालिकामा पानीको गुणस्तर मापन ल्याव  स्थापना गरिनेछ ।
४१. यस गाउँपालिकाको वाई, पादुका र सुईजिउला क्षेत्रमा सहरीकरणका लागि टाउन प्लानिङको सम्भावयता अध्ययन गरिनेछ । साथै भवन निमार्ण कार्यविधि बनाई लागु गरिनेछ ।
४२. नुन र खाद्यको डिपो स्थापनाका गराइनेछ ।
४३.सुत्केरी महिलाई एम्बुलेन्स सेवा निशुल्क गर्दै एअर एम्बुलेन्स सेवा प्रदान गरिनेछ ।
४४.जेष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा पुगाउँने व्यवस्था गरिने छ ।
४५. दलित तथा विपन्न परिवारका उत्कृष्ट छात्र छात्राहरुलाई उच्च शिक्षा पढनका लागि छात्रबृति कोषको स्थापना गरीनेछ । लगायतका निति तथा कार्यक्रम रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार