मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • मनोमानी भाडा असुल्दै खप्तडछान्नाका जीप व्यवसायी,१२ किलोमिटरको यात्रामा ५ सय

मनोमानी भाडा असुल्दै खप्तडछान्नाका जीप व्यवसायी,१२ किलोमिटरको यात्रामा ५ सय

  • बिहिबार, असार ९, २०७९
मनोमानी भाडा असुल्दै खप्तडछान्नाका जीप व्यवसायी,१२ किलोमिटरको यात्रामा ५ सय

अर्थ जङ शाही/बझाङ — बझाङको खप्तडछान्ना गाउँपालिकामा चल्ने साना सवारी जिपले चर्को भाडा उठाउँदै आएका छन् । तमैलबाट गाउँपालिकाको कालुखेतीसम्म चल्ने साना सवारी जिपले चर्को भाडा लिने गरेको छान्नावासीको गुनासो छ । तमैलदेखि कालुखेतीसम्मको दुरी १२ किलोमिटरको यात्रामा जिपले ५ सय भाडा लिने गरेको छ ।

साना सवारी जिपले ईन्धनको मुल्य बढेको बाहाना बढाउदै चर्को भाडा उठाउदै आएका छन् । जीप व्यवसायी संग भाडा बढी भयो केहि घटाउनुसभन्दाबीच बाटोमै जिपबाट झारेर अलपत्र पार्ने, हिडेर जानु भनेर धम्क्याउने गरेको स्थानीयको गुनासो छ ।

सवारी भाडाको तुलना गर्दा प्रतिकिलो मिटर ४० रुपैयाँभन्दा बढी हुने गरेको छ । प्रति किलोमिटर २० रुपैया लिए पनि अहिलेको भाडा भन्दा आधा सस्तो हुन्छ । सवारी भाडाको विषयमा बेला बेला सम्बन्धित निकायलाई जानकारी गराए पनि कसैले वास्ता नगरेको खप्तडछान्नाका दिनेश रोकायाले बताए ।

छान्ना क्षेत्रमा जीप व्यवसायीले दादागिरी नै चलाएको छ । ६ सिट पास बोलेरो जिपमा १५ जना नभएसम्म तमैलबाट नजाने र छान्नाबाट नआउने हुँदा समयमै गन्तव्यमा पुग्न कठिन हुने गरेको अर्का स्थानीय जनक खडकाले बताए । यस विषयमा गाउँपालिकाले नियमन गरेर जीप व्यवसायीसँग बसेर छलफल गर्ने र आवश्यक परेको खण्डमा कानुन बमोजिम अघि बढ्ने खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकायाले बताए ।

चर्चामा

सम्बन्धित समाचार