बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सुदूरपश्चिममा फेरि देखिन थाल्यो कोरोना, आज ९ जनामा संक्रमण

सुदूरपश्चिममा फेरि देखिन थाल्यो कोरोना, आज ९ जनामा संक्रमण

  • बिहिबार, असार ९, २०७९
सुदूरपश्चिममा फेरि देखिन थाल्यो कोरोना, आज ९ जनामा संक्रमण

धनगढी– पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेश कोरोना भाइरस संक्रमितहरु फेला पर्न थालेका छन्। आज बिहीवार मात्रै प्रदेशमा ९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ३०७ जनाको एन्टिजेन र २१ जनाको पीसीआर परीक्षण गर्दा आज ९ जनामा संक्रमण पुष्टि भएको हो।

धनगढीको सेती प्रादेशिक अस्पतालमा २१ जनाको नमूना परीक्षण गर्दा ६ जना र कैलाली–कञ्चनपुरमा ३०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ।

प्रदेशमा १९ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये १ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार