• होमपेज
  • समाचार
  • ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

  • बिहिबार, असार ९, २०७९
५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

बारा — बारामा ५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ परेका छन्। जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने ती १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार