बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बालबालिकालाई छालाको एलर्जी भएमा के गर्ने ?

बालबालिकालाई छालाको एलर्जी भएमा के गर्ने ?

  • बुधबार, असार ८, २०७९
बालबालिकालाई छालाको एलर्जी भएमा के गर्ने ?

बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । सानो लापरवाहीले पनि उनीहरुको छालामा गम्भीर समस्या आउन सक्छ । विशेषगरी गर्मीयाममा बालबालिकाको छालामा एलर्जीको समस्या देखिने गर्छ ।

छालामा समस्या देखिनुमा विभिन्न कारण हुनसक्छ । यसतर्फ अभिभावक सचेत हुनु आवश्यक हुन्छ । छालामा के कारणले एलर्जी हुन्छ ? यसबाट बच्ने उपाय यस्ता छन् ।

एलर्जी हुने कारण

छाला चिसो हुँदा ब्याक्टेरिया सम्पर्क आउने हुँदा संक्रमण हुन सक्छ । यसले एलर्जीको समस्या देखिन्छ । धातुको सम्पर्कमा पनि बालबालिकालाई एलर्जी हुनसक्छ । कुनै बालबालिकालाई फूल वा रुखको सम्पर्कले पनि एलर्जी गराउन सक्छ ।

यस्तै कतिपय कपडाका कारण पनि छालामा एलर्जीको समस्या हुन सक्छ । छालाको सरसफाइ राम्रोसँग नगर्दा पनि बालबालिकामा यस्तो समस्या देखिन्छ ।

एलर्जीका लक्षण

बालबालिकाको छालामा एलर्जी भएमा विभिन्न लक्षण देखिन्छन् ।

-बारम्बार छाला चिलाइरहने

-छाला रातो भएर आउने

-घुँडा माथि र तल, कानको पछाडि, नाडीमा दाग देखिने

-गाला, आँखा र ओठको रंग बदलिने

-र्यासेससँगै गहिरो दाग देखिने

एलर्जीबाट बच्ने उपाय

बालबालिकामा देखिने एलर्जी सबैलाई एकै प्रकारको हुँदैन । उनीहरुको लक्षण फरक-फरक हुने गर्छ । बालबालिकामा देखिएको छालाको समस्याले धेरै नै समस्या देखिए तुरुन्तै चिकित्सकको सम्पर्कमा रहनुपर्छ । छालाको एलर्जीबाट बच्न निम्न उपाय अपनाउनुपर्छ ।

छालाको एलर्जीबाट बच्न दिनहुँ साबुन प्रयोग गर्नुहुँदैन । साबुनले एलर्जीलाई बढाउने भएकाले यसको प्रयोग कम गर्नुपर्छ । कतिपय कपडाले छालामा एलर्जी गराउने हुँदा प्रायः कटनको कपडा प्रयोग गर्नु राम्रो हुन्छ ।

एलर्जीले चिलाउने, दाग बस्ने जस्ता समस्या हुने भएकाले आइसले सेक्दा लाभदायक हुन्छ । बालबालिकालाई नुहाइदिएपछि चिसो राख्न हुँदैन यसले गर्दा एलर्जी गराउने गर्छ । नुहाइसकेपछि छालालाई राम्रोसँग पुछ्नुपर्छ । ओन्ली माइ हेल्थबाट

 

चर्चामा

सम्बन्धित समाचार