मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • रामकाे जित सँगै पद्धतिको र न्यायकाे जित हुनेछ

रामकाे जित सँगै पद्धतिको र न्यायकाे जित हुनेछ

  • सोमवार, असार ६, २०७९
रामकाे जित सँगै पद्धतिको र न्यायकाे जित हुनेछ

बाजुराको प्रबेशद्वारमा रहेको बुढीगंगा नगरपालिका जिल्लाको अर्थपूर्ण पालिकाका रुपमा हेरिन्छ । ७ सय ५३ स्थानीय तहमा ७ सय ५२ स्थानिय तहको निर्वाचन परिणाम आईसक्दा बुढीगंगाको पुनः निर्वाचनको घोषणा गरेको छ ।
अहिले हुन लागेको निर्वाचन निर्वाचन नभई पुनः निर्वाचन हो । पुनः निर्वाचन संग सम्बन्धित किन ? कसका लागि ? र के का लागि ? भन्ने प्रश्नको जबाफ सायदैलाई मात्र थाह नहोला । यसको सोझो उत्तर हो, जे गरेर पनि रंग खातिलाई जिताउनु, जसरी उनलाई पार्टी निर्णय विरुद्ध टिकट दिईएको थियो । ०७४ मा दिपक शाह संग पराजित एमालेका राम बहादुर बानियाँ अहिले रंग खाति संग प्रतिस्पर्धामा छन । यस निर्वाचनमा संगै बानियाँ लगातार तीन पटक उहीँ पद र उहीँ ठाँउमा चुनाव लड्दैछन ।
को हुन त राम बहादुर बानियाँ ? बानियाँ चार भाइ र १५ बच्चाबच्चिका एक्ला अभिभावक हुन । २०६० सालमा डोटि क्याम्पसबाट स्नातक पास गरेका बानियाँले जागिर खान कहिल्यै चाहेनन । बरु घरव्यवहार चलाउनका लागि जंगि आरा चलाए, घर छाना लगाए, आफैले छानो ( गोठ ) निर्माण गरे र लेकतिर बाख्रापालन गरे ।
यस संगै बानियाले राजनीति पनि संग संगै सुरु गरे । अहिले उनलाई लाग्दै आएको मामा भान्जाको आरोप सहि हुन्थ्यो त अहिले सम्म हातमुख जोर्नैका लागि पनि जागिर खाईसक्थे । उनका तत्कालिन डोटीबाट पासआउट समकालीन ब्याजिहरुमा केही बाहेक सबै जागिर खाईरहेका छन । तर २०५० सालमा त्रिशक्ति मा वि अनेरास्ववियु प्राक उपसचिव भई राजनीतिक छाप बसिसकेका बानियाँमा कहिल्यै जागिर खाने सोच नै आएन । संस्कारिलो राजनीति संगसंगै साविकको बाह्रबिस गाविसमा भएका बिकास निर्माणका काममा अगवाई पनि गरे ।
उज्यालो बाह्रबिस होस वा त्रिशक्ति माबिलाई उच्चमाबि बनाउने शैक्षिक क्षेत्र सुधार, यस्ता थुप्रै सवालमा उनले नेतृत्वदायि अगुवाइ गरे । अत्यन्तै किसान र कमजोर परिवारबाट हुर्केका बाँनिया हलो जोत्न, खन्न तथा खेतीपातीमा निकै कौशल राख्छन । यो संगै कमलो मन र मिजासिलो स्वभाव उनको बिशेषता हो । आफ्नो पौरख र कर्ममा विस्वास राख्ने बानियाँ खासमा हरेक क्षेत्रमा निकै व्यवस्थापकिय क्षमता राख्छन । उनलाई ०७४ मा पार्टीले टिकट दिए पनि पार्टी भित्रैको प्राविधिक समस्याले करिब अढाई सयको मतान्तरमा चुनाव हारे । तर निकै कमलो मन भएका बानियाँले ०७४ मै संसदीय निर्वाचनमा सबै उम्मेदवार जिताउन चाँई दिनरात नभनि खटे र आफ्नो जिम्मेवारी सफलतापुर्बक सम्पन्न गरे ।
त्यस पछि बैंकबाट ऋण लिई ताप्रिसेरामा ईन्टरलक ईटा उद्योग स्थापना गरे । तर बर्षायाममा बुढीगंगामा आएको बाढीले सबै बगायो । पार्वती बहुउद्देश्यीय कृषि फर्म दर्ता गरि १ विगाहा जमिन भाडामा लिई खेति गरेर केटाकेटीको पढाइ खर्च र घरव्यवहार चलाईरहेका थिए । फेरि चुनावको माहोल बन्दा राजनैतिक कार्यव्यवस्थाका कारण अहिले त्यो व्यवशाय पनि अस्तव्यस्त रहृको छ । पुनः ०७९को स्थानीय तहको निर्वाचनमा पार्टीले फेरि चुनावमा उम्मेदवार उठायो । पुँजिवादि चेतना र सोचबाट ग्रसित अहिलेको समाजमा एउटा नगरको मेयर चुनाव लड्न निकै गाह्रो बिषय बनी सकेको छ । तर पनि जसोतसो बैसाख ३० मा निर्वाचन सम्पन्न भयो । केही वडाका बुथमा सामान्य झडप बाहेक नगरपालिका भरी शान्तिपूर्ण मतदान भएको हो ।
एमाले धेरै भएको ठाँउमा एमालेका बढी मत खसे भने काँग्रेस बढी भएका ठाउँमा काँग्रेसका बढी मत खसे । तर मतगणना भए चुनाव हारिन्छ भनि पुनः निर्वाचनको परपञ्च रचियो । सुरक्षा निकाएका प्रमुखलाई दबाव दिई प्रहरीलाई बुथ छोड्न लगाईयो । अहिले यो सबै गर्ने नेपाल सरकारका महान्यायाधिवक्ता हुन भन्ने कुरा जबरा प्रतिवेदनमा पाईन्छ । अब एकछिन सोचौँ त के महान्यायाधिवक्ता खम्म खाति कोहि अरु उम्मेदवार भए यसो गर्थे होलान त ! पार्टी भित्रै अघिल्लो दिन एक खालको टिकट भयो भनिएका व्यक्तिको नाम एकाएक गायब पारियो ।
फेरि एक निर्वाचन नै गायव परियो । यस्तै प्रकारको हुकुमप्रवाङ्गी राजनीतिकै कारण साविक बाह्रबिसको सन्दर्भमा नेता भिम बहादुर शाह, प्रकाश थापा र उदै सिङ थापाले राजनैतिक चेतनाबाटै बिदाई हुनु परेको थियो । यस पटक पनि यस्तै हुकुमी शासनको जित भएमा राजनैतिक न्याय समाप्त हुनेछ । एक सामान्य परिवारका बानियालाई पनि निकै ठुलो अन्याय हुनेछ । लगातार ३÷ ३ पटक चुनाव लड्नु पर्दा कस्तो हैरानी खेप्नु पर्ला ।
राजनैतिक, आर्थिक तथा भौतिक रुपमा दृष्टिगत गर्दा के प्रकृतिले पनि एकै व्यक्तिमाथि यति सम्म दुख दिन मिल्छ होला र संसारमा यदि ईश्वर छन भने के मानविय न्याय राम बहादुर बानियाले पाउदैनन होला र । तसर्थ आदरणीय बुढीगंगा बासि समस्त मतदाता, सबै पार्टीका नेता कार्यकर्ता सबैले अब सोच्नैपर्छ । अब राम बहादुर बाँनियाले हार्नु भनेको सिङ्गो राजनीति पद्धतिले हार्नु हो, मानविय मुल्यले हार्नु हो, सबै पार्टीका नेता तथा कार्यकर्ताले हार्नु हो । त्यसैले अब चाँई तपाई हामी सबैको सहानुभूति राम बहादुर बाँनियालाई हुनेछ । राजनीति र न्यायको जित हुनेछ । टिकट देखि निर्वाचन माथिको अन्यायपूर्ण क्रपझ्यापको हार हुनेछ । पद्धतिलाई बचाउ, राम बहादुर बाँनियालाई जिताउ । रामले जित्नु पर्ने न्याय र पद्धतिका लागि हो, रावणले जित्ने भनेको हुकुमि शासनका लागि हो ।

चर्चामा

सम्बन्धित समाचार