• होमपेज
  • समाचार
  • वडाअध्यक्ष मण्डेलकाे पहिलाे काम:सुत्केरीलाई पाेषण भत्ता सहित बिरामीलाई गाडीको ब्यवस्था

वडाअध्यक्ष मण्डेलकाे पहिलाे काम:सुत्केरीलाई पाेषण भत्ता सहित बिरामीलाई गाडीको ब्यवस्था

  • सोमवार, असार ६, २०७९
वडाअध्यक्ष मण्डेलकाे पहिलाे काम:सुत्केरीलाई पाेषण भत्ता सहित बिरामीलाई गाडीको ब्यवस्था

अर्थ जङ शाही/बझाङ — छबिस पाथीभेरा गाउपालिका–दुई ले सुत्केरीलाई पोषण भत्ता सहित बिरामीलाई गाडीको उपलव्ध गरेको छ ।

ग्रामीण क्षेत्रका महिला सुत्केरी हुँदा पोषणको कमीले विभिन्न सङ्क्रामक रोग देखा पर्न थालेपछि पोषिलो खानेकुरा खानका लागि सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

सुत्केरीलाई फलफूल, दूध, दही, माछा मासु, गेडागुडी उपभोग गराई स्वस्थ बनाउनका लागि ‘सुरक्षित मातृत्व पोषण कार्यक्रम’ अन्र्तगत एक पटकका लागि रु दुई हजार पोषण भत्ता उपलव्ध गराउने र सो वडा बाट कुनै बिरामी लाई जिल्ला रिफर गर्नु परेमा गाडी भाडा सहित छ हजार व्यवस्था गरिएको छबिस पाथिभेरा-दुई का वडा अध्यक्ष पविन्द्र बहादुर मण्डेलले बडिमालिका खबरलाई बताएका छन्।

दुई छाक खाना जुटाउन नसक्ने परिवारका सुत्केरी हुने महिलाले भत्ताको रकमले पोषणयुक्त खाना उपभोग गरी बच्चालाई समेत स्वस्थ राख्ने हुँदा भत्ता दिने निर्णय गरिएको हो’ मण्डेलले भने ।

चर्चामा

सम्बन्धित समाचार