शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका बालबालिकालाई बिहीवारदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

सुदूरपश्चिमका बालबालिकालाई बिहीवारदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

  • सोमवार, असार ६, २०७९
सुदूरपश्चिमका बालबालिकालाई बिहीवारदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

सरकारले यही असार ९ गतेदेखि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन तयारी गरेको छ। जसअनुसार सुदूरपश्चिमका ३ जिल्लाका ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई खोप लगाइने छ।

कैलाली, कञ्चनपुर र डडेल्धुरामा खोप लगाइने उक्त ‘फाइजर बायोएनटेक’ खोप सुरक्षित र प्रभावकारी भएको बताइएको छ। आइतबार धनगढीमा आयोजना भएको ‘कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रवर्द्धन तथा रोकथाम नियन्त्रण’ सम्बन्धी पत्रकार अन्तरक्रियामा सो कुरा जानकारी दिइएको हो।

उक्त अन्तरक्रियामा प्रस्तूतिकरण गर्दै सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको बताए। उनले यो खोप सुरक्षित भएकाले सबै बालकालिकालाई खोप अभियानमा सहभागी गराउन आग्रह गरेका छन्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले खोप विद्यालयमा नै गएर लगाउने भएको छ। खोप लगाएमा बालबालिकामा केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको खड्काले बताए।

साथै कोभिड–१९ संक्रमित भएको अवस्थामा उक्त खोप नलगाउन उनले अनुरोध गरे। तर निको भएको ३० दिनपछि भने खोप लगाउन मिल्ने खड्काले बताए। यस्तै ५ वर्षभन्दा कम र १२ वर्ष वा सो भन्दा बढी उमेरको व्यक्ति तथा पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएकाले यो खोप लगाउन नहुने अन्तरक्रियामा जानकारी दिइएको छ।

यस्तै ‘फाइजर बायोएनटेक’ लगाएपछि सामान्यता टाउको दुख्ने, सुई लगाएको ठाँउमा दुख्ने, सुन्निने, आलस्य हुने, जाडो हुने, ज्वरो आउने, वाकवाकी लाग्ने र वान्ता लाग्ने हुने बताइएको छ। यी अवस्था सामान्य भएकाले नआत्तिन वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत खड्काले आग्रह गरेका छन्।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकुले आयोजना गरेको अन्तरक्रियामा तारकेश्वर मिडिया प्रालि काठमाडौंले सहकार्य गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार