• होमपेज
  • समाचार
  • हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

  • आइतवार, असार ५, २०७९
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

धनगढी — कैलालीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ५० वर्षीया टङ्क सोडारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

शनिबार साँझ कर्णाली नदी किनार सनकट्टीघाटमा जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेकी सोडारीलाई आक्रमण गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। नदी किनारमा तटबन्धका लागि ढुङ्गा सङ्कलन गरिरहेका तीन जना महिलामध्ये दुई महिला भागेका र सोडारीलाई भने हात्तीले लछारपछार गरी खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

चर्चामा

सम्बन्धित समाचार