काठमाडौं — धादिङमा डेंगुका एक बिरामीको मृत्यु भएको छ। धादिङ अस्पतालमा उपचार गराइरहेका ज्वालामुखी गाउँपालिका-२ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको हो।
बिहीबार धादिङ अस्पताल पुगेका उनमा ल्याब परीक्षणबाट डेंगुको संक्रमण पुष्टि भएको थियो।