• होमपेज
  • समाचार
  • एमाले जनप्रतिनिधिको संकल्प : निष्पक्षता र योग्यताका आधारमा नियुक्ति

एमाले जनप्रतिनिधिको संकल्प : निष्पक्षता र योग्यताका आधारमा नियुक्ति

  • शुक्रबार, असार ३, २०७९
एमाले जनप्रतिनिधिको संकल्प : निष्पक्षता र योग्यताका आधारमा नियुक्ति

नेकपा एमालेका जनप्रतिनिधिहरुले नियुक्ति, सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको काठमाडौंमा भएको दुई दिने भेलाबाट जारी काठमाडौं संकल्पपत्रमा परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख छ ।

२० बुँदे संकल्पपत्रमा लेखिएको छ, ‘आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छौं ।’ एमाले जनप्रतिनिधिले आफूहरुले नेतृत्व गरेको पालिकाहरु सुशासनका नमूना बनाउने पनि प्रतिवद्धता जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार