• होमपेज
  • समाचार
  • बिबाह भोजमा झगडा हुँदा खुकुरी प्रहार गर्ने तीन जना पक्राउ

बिबाह भोजमा झगडा हुँदा खुकुरी प्रहार गर्ने तीन जना पक्राउ

  • शुक्रबार, असार ३, २०७९
बिबाह भोजमा झगडा हुँदा खुकुरी प्रहार गर्ने तीन जना पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नारायणटारस्थित एक पार्टी प्यालेसमा भइरहेको बिबाह भोजका क्रममा झगडा गरी खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

छिमेकी पार्टी प्यालेसमा मादक पदार्थ सेवन गरेका मानिसहरूबीच असार १ गते झगडा भएको थियो। घटनाको खबरपछि प्रहरी बृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोलीले घटनास्थल पुग्दा एक जना घाइते फेला परेका थिए।

सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ घर भई कपन बस्ने ३५ वर्षका धनबहादुर श्रेष्ठको टाउकोमा खुकुरी प्रहार भएको थियो। उनलाई प्रहरीले अस्पताल लगेको थियो।

बिबाहको पार्टीमा भएको सामान्य झगडाको नहुँमा रिसईवी राखेर श्रेष्ठको टाउकोलगायत ठाउँमा खुकुरी प्रहार भएको पाइएको प्रहरीले जनाएको छ। प्रहरी पुग्दा खुकुरी प्रहार गर्ने व्यक्तिहरू घटनास्थलबाट फरार भइसकेका थिए।

तर प्रहरीले तीन जना आरोपीलाई नियन्त्रणमा लिइसकिएको बताएको छ।

काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ घर भई गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ जोरपाटीमा बस्दै आएका ३० वर्षका शरण पोखरेल, सिन्धुपाल्चोक हेलम्बु नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय कविराज तामाङ र सिन्धुपाल्चोक हेलम्बु वडा नम्बर ४ का २० को सुजन श्रेष्‍ठलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरूको साथबाट खुकुरी एक थान, मोबाइल एक थान बरामद गरिएको पनि प्रहरीले जनाएको छ। उनीहरूविरूद्ध प्रहरीले ज्यानसम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान जारी राखेको छ।सेताेपाटीबाट । 

चर्चामा

सम्बन्धित समाचार