• होमपेज
  • सुचना प्रबिधी
  • यस्तो छ, आजको मौसम पूर्वानुमान, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

यस्तो छ, आजको मौसम पूर्वानुमान, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • शुक्रबार, असार ३, २०७९
यस्तो छ, आजको मौसम पूर्वानुमान, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शनिबार राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही, लुम्बिनीका थोरै र अन्य प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिम न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार