• होमपेज
  • समाचार
  • विन्डोज ९५ सँगै जन्मेको इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द

विन्डोज ९५ सँगै जन्मेको इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द

  • बिहिबार, असार २, २०७९
विन्डोज ९५ सँगै जन्मेको इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द

काठमाडौं — सन् २००४ सम्म इन्टरनेटमा जोडिएका डेस्कटप कम्प्युटरमा इन्टरनेट एक्सप्लोरर अनिवार्य थियो ।

माइक्रोसफ्टले सन् १९९५ मा विन्डोज ९५ सँगै ल्याएको वेव ब्राउजर इन्टरनेट एक्सप्लोररले सन् २००४ सम्ममा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको थियो । इन्टरनेट प्रयोकर्ता एक्सप्लोररबाटै अनलाइनको संसारमा छिर्थे ।

कुनै बेला इन्टरटेटको पर्याय बनेको र २७ वर्षदेखि प्रयोगमा रहेका इन्टरनेट एक्सप्लोरर अब सदाका लागि बन्द भएको छ । माइक्रोसफ्टले पोहोर इन्टरनेट एक्सप्लोरर ११ सार्वजनिक गर्दा नै यो अन्तिम भर्सन भएको बताएको थियो ।

इन्टरनेट एक्सप्लोररको भन्दा छिटो छरितो र फरक फरक सुविधासहितका नयाँ ब्राउजरले प्रयोगकर्ताको मन जिते । त्यसैले सन् २००४ सम्म ९५ प्रतिशत हिस्सा ओगटेको इन्टरटेन एक्सप्लोररले गुगल क्रोम, एप्पलको सफारी र मोजिला फायरफक्ससँग प्रतिस्पर्धा गर्न सकेन । इन्टरनेट एक्सप्लोररको प्रयोग कम हुँदै गयो ।

माइक्रोसफ्टले सन् २०१५ मा माइक्रोसफ्ट एज सार्वजनिक गरेको थियो । विन्डोज १० भन्दापछिका अपरेटिङ सिस्टम भएका इन्टरनेट एक्सप्लोरर माइक्रोसफ्ट एजमा परिवर्तन भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार