• होमपेज
  • अन्तर्राष्ट्रिय
  • अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५ प्रतिशतभन्दा धेरै बढ्यो

अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५ प्रतिशतभन्दा धेरै बढ्यो

  • बिहिबार, असार २, २०७९
अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५ प्रतिशतभन्दा धेरै बढ्यो

अस्ट्रेलियामा कार्यरत कामदारहरूको न्यूनतम पारिश्रमिक पाँच दशमलव दुई प्रतिशतले बढेको छ।

उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भएकाले कामदारहरूको सेवा सुविधामा पनि वृद्धि गरेको अस्ट्रेलियाका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

स्वतन्त्र कार्य आयोगले आज बुधवार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अस्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्यूनतम पारिश्रमिक प्रतिघण्टा २१ दशमलव ३८ अस्ट्रेलियन डलर पुगेको छ।

यसअघि न्यूनतम पारिश्रमिक प्रतिघण्टा २० दशमलव ३३ अस्ट्रेलियन डलर थियो। अब हरेक मजदुरले हप्तामा ४० अस्ट्रेलियन डलर थप कमाउन सक्ने आयोगका अधिकारीहरूले जानकारी दिएका छन।

आयोगको यस निर्णयले अस्ट्रेलियाका झन्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ। प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा पाँच दशमलव एक प्रतिशत पारिश्रमिक वृद्धि गर्न आग्रह गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार