बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • समाचार
  • बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

  • बुधबार, असार १, २०७९
बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

बागलुङ —  माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका-२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा मंगलबार राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड-२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।

बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार