बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • समाचार
  • पर्सामा दिदीको घरमा आएका भाइको हत्या : आरोपमा भिनाजुसहित पाँचजना पक्राउ

पर्सामा दिदीको घरमा आएका भाइको हत्या : आरोपमा भिनाजुसहित पाँचजना पक्राउ

  • मङ्लबार, जेष्ठ ३१, २०७९
पर्सामा दिदीको घरमा आएका भाइको हत्या : आरोपमा भिनाजुसहित पाँचजना पक्राउ

पर्सा — जिल्लाको बहुदरमाई नगरपालिका-२ सीसीयाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका-६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् ।

शनिबार बिहान जगरनाथपुर गाउँपालिका-६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो ।

उनीहरुमध्ये हिरामन, बसन्ती, सुनिता र रिंकुलाई शनिबार तथा रामबालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । जेठ २४ गते आफ्नै दिदीको घरमा आइ बसेका राजेश रामलाई शनिबार राति मृतकका भिनाजु हिरामन महरा समेत परिवारका ५ जना सदस्य मिली घाँटी कसेर हत्या गरी खोल्सामा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुउपर ज्यानसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार