बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • समाचार
  • अछाममा सर्पले टोक्दा गर्भवतीको मृत्यु

अछाममा सर्पले टोक्दा गर्भवतीको मृत्यु

  • मङ्लबार, जेष्ठ ३१, २०७९
अछाममा सर्पले टोक्दा गर्भवतीको मृत्यु

अछाम — अछाममा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति मृत्यु भएको हो।

सुतेको अवस्थामा उनलाई सर्पले टोकेको मृतका जेठाजू लालबहादुर शाहीले जानकारी दिए। सर्पले टोकेपछि उनको गाउँमै झारफुक गराएको र बिहान अस्पताल लग्ने तयारी गरिरहेकै अवस्थामा रामपुराको मृत्यु भएको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार