बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • समाचार
  • करेन्ट लागेर दुई जनाको मृत्यु

करेन्ट लागेर दुई जनाको मृत्यु

  • मङ्लबार, जेष्ठ ३१, २०७९
करेन्ट लागेर दुई जनाको मृत्यु

रुपन्देही र पूर्वी नवलपरासीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । रुपन्देहीको सैनामैना नगरपालिका –७ देवीटोलका ५५ वर्षीय इन्द्रबहादुर काउछा र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –३ निवासी ६५ वर्षीय केशवबहादुर मल्लको करेन्ट लागेर मृत्यु भएको हो ।

काउछाको आफ्नो बंगुर फर्ममा सफा गर्ने क्रमममा करेन्ट लागेर गम्भीर घाइते भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै नवलपरासीका मल्लको वडा नम्वर ४ झ्यालबास स्थित खेतमा पानी लगाउने क्रममा पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार