बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • समाचार
  • भारतको आन्ध्र प्रदेशमा बस दुर्घटना, ५ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा बस दुर्घटना, ५ जनाको मृत्यु

  • मङ्लबार, जेष्ठ ३१, २०७९
भारतको आन्ध्र प्रदेशमा बस दुर्घटना, ५ जनाको मृत्यु

एजेन्सी– अल्लुरी सीताराम राजु जिल्लामा सोमबार यात्रु बोकेको एक निजी बस पल्टिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ। यो दुर्घटना सोमबार चिन्तूरको एडुगुराल्लापल्लीमा भएको हो।

सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार घटनाका बेला बसमा ४० यात्रु सवार थिए। घटनामा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेहरूलाई भद्रचलम एरिया अस्पतालमा लगिएको छ। मृत्यु हुनेमा २४ वर्षीय धनेश्वर दलपती, ५ वर्षीय जितु हरिजन र २ वर्षीय सुनेना हरिजनको परिचय खुलेको बताइएको छ।

घाइतेहरुको पहिचान ओडिशा निवासी भएका बताइएको छ। प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र थप विवरणहरू आउन बाँकी रहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार