बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • समाचार
  • ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

  • मङ्लबार, जेष्ठ ३१, २०७९
ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

काठमाडौं — झापामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। गौरादह–१ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१त ७४३१ नम्बरको ट्र्याक्टरले स्थानीय ९ वर्षीय गौरव अधिकारीलाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्र्याक्टर चालक झापाको कमल गाउँपालिका–१ का २६ वर्षीय विनोद चौधरीलाई गौरादह प्रहरीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार