बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • समाचार
  • बारामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

बारामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

  • सोमवार, जेष्ठ ३०, २०७९
बारामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बाराकै बारागढी गाउँपालिका–१ भवानीपुर बस्ने २६ वर्षीय देवेन्द्र बछार चौधरी र उनकी २२ वर्षीया श्रीमती नन्द चौधरी रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ३९४८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प १५१७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिएको थियो । दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार