बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘कबड्डी ४’को रकर्ड, १६ दिनमा २० करोडको आम्दानी

‘कबड्डी ४’को रकर्ड, १६ दिनमा २० करोडको आम्दानी

  • सोमवार, जेष्ठ ३०, २०७९
‘कबड्डी ४’को रकर्ड, १६ दिनमा २० करोडको आम्दानी

काठमाडौं– प्रदर्शन भएसँगै चर्चामा रहेको र व्यापारिक रुपमा पनि सफल देखिएको फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’ले हालसम्मकै धेरै कमाउने नेपाली फिल्म बनेको छ। फिल्मले प्रदर्शन भएको दुई साताभन्दा धेरै दिन भइसक्दा पनि राम्रो आम्दानी गरिरकेको छ।

फिल्मका वितरककाअनुसार फिल्मले यो समयमा कूल २० करोडभन्दा धेरै आम्दानी गरेको छ। फिल्मले काठमाडौंभित्रको प्रदर्शनबाट १० करोड ७५ लाख आम्दानी गरेको थियो। त्यस्तै, उपत्यका बाहिरबाट फिल्मले ९ करोड ३० लाख रुपैयाँको आम्दानी गरेको छ।

फिल्म प्रदर्शनमा आएको दोस्रो सातासम्म यसको कमाई १८ करोड ७१ लाख थियो। फिल्मले प्रदर्शन हुनुअघि नै दुई करोड रुपैयाँ सुरक्षित गरिसकेको थियो। हाल पनि फिल्मका लागि दर्शकको उपस्थिति सन्तोषजनक भएकाले आम्दानी थप बढ्ने अनुमान गरिएको छ।

हालसम्म नेपालमा सबैभन्दा धेरै आम्दानी गर्ने फिल्म दिपकराज गिरिको ‘छक्का पञ्जा ३’ थियो। उक्त फिल्मले प्रदर्शन भएयता २० करोडको कमाई सिनेमा हलबाट गरेको थियो।

रामबाबु गुरुङको निर्देशनमा बनेको ‘कबड्डी ४: द फाइनल म्याच’ भने सबै रेकर्ड तोड्दै अघि बढिरहेको छ। गुरुङको फिल्म श्रृङ्खला ‘कबड्डी’ को निरन्तरताको रुपमा बनेको यो फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, सौगात मल्ल, विजय बराल, मिरुना मगरलगायतका कलाकारको अभिनय रहेको छ।

चर्चामा

सम्बन्धित समाचार