शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको बुढीगंगा निर्वाचन विवाद : सरकारी पक्षले हस्तक्षेपकारी बहस गर्ने

बाजुराको बुढीगंगा निर्वाचन विवाद : सरकारी पक्षले हस्तक्षेपकारी बहस गर्ने

  • सोमवार, जेष्ठ ३०, २०७९
बाजुराको बुढीगंगा निर्वाचन विवाद :  सरकारी पक्षले हस्तक्षेपकारी बहस गर्ने

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन विवादमा सर्वोच्च अदालतमा हुन लागेको सुनुवाइमा सरकारी पक्षले हस्तक्षेपकारी बहस गर्ने तयारी गरेको छ। नेकपा एमालेले मतगणनाको माग गर्दै अन्तिरिम आदेश मागेपछि सरकारी पक्षले उक्त तयारी गरेको हो।

सरकारी वकिल सरकारका पक्षबाट स्वत: जानकारी लिएर बहसमा उत्रिने भएका हुन्। यसअघि प्रहरी महानिरीक्षकमा बढुवा विवादमा एआइजी विश्वराज पोखरेलले हालेको मुद्दामा पनि सरकारी पक्षले हस्तक्षेपकारी बहस गरेको थियो।

बुढीगंगा निर्वाचन विवादमा सरकारका पक्षबाट बहस गर्न महान्याधिवक्ताको कार्यालयबाट एकजना सरकारी वकिल पठाइएको छ।

आवश्यक पर्दा महान्यायाधिवक्ता खम्मबहादुर खाती आफैसमेत उपस्थित हुने तयारी छ। नेपाली कांग्रेसका तर्फबाट महान्याधिवक्ता खातीका दाइ रंग खाती पालिका प्रमुखका उम्मेदवार छन्। मुद्दा न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परेको छ।

मतदानका क्रममा विवाद भएपछि नेपाली कांग्रेसले पुन: मतदानको माग गरेको छ भने नेकपा एमालेले मतगणना हुनुपर्ने माग गरेको छ। निर्वाचन आयोगले बहुमतबाट पुन: मतदानको निर्णय गरिसकेको छ। एमालेले स्थलगत अध्ययन प्रतिवेदनअनुरुप निर्णय नभएको भन्दै सर्वोच्च गुहारेको हो।

चर्चामा

सम्बन्धित समाचार