धनगढी– कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ४०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर २४५ मतका साथ अगाडि छन्।
उनका प्रतिस्पर्धी सुरेन्द्र राठी १३१ मतका साथ उनलाई पछ्याइ रहेका छन्। महासचिवबाहेक सबै पदमा कुँवर प्यानलकै उम्मेदवार अगाडि छन्। वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले २०९ मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले १६४ मत ल्याएका छन्।
उद्योग उपाध्यक्षमा दिनेश लम्साल २१९, उनका प्रतिस्पर्धी घनश्याम चौधरी १३५, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल १९०, प्रकाशचन्द्र भट्ट १५८, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त १९२, केशवदत्त पाण्डेय १५२, महासचिवमा सिद्धराज पनेरु १७९, ओमबहादुर विष्ट १७८, कोषाध्यक्षमा भीमराज ओझा अब्बु २५०, रंजनकुमार शर्मा १०६, र सचिवमा सुरेश पाण्डेय १३६, महेन्द्रकुमार सिंह ११७ र जयराज न्यौपानेले ८६, मत प्राप्त गरेका छन्। संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।