बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • समाचार
  • रोल्पामा जेसिबी चलाएको हेर्न गएका दुई बालकको मृत्यु

रोल्पामा जेसिबी चलाएको हेर्न गएका दुई बालकको मृत्यु

  • आइतवार, जेष्ठ २९, २०७९
रोल्पामा जेसिबी चलाएको हेर्न गएका दुई बालकको मृत्यु

मोटरबाटो खन्ने क्रममा जेसिबी चलाएको हेर्न जाँदा रोल्पाका दुई बालकको माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको छ । जिल्लाको परिर्वन गाउँपालिका–५ निवासी प्रकाश खड्काका ६ वर्षीय छोरा डेविड र उनका २ वर्षीय भाइ इशान खड्काको आइतबार बिहान मृत्यु भएको हो ।

रोल्पाका प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार आइतबार विहान उनीहरुको घरबाट करिब २ सय मिटरको दुरीमा पर्ने इरिबाङ्ग खरिबोट मोटरबाटोको नयाँ ट्रयाक खोल्न जेसिबी चलाइएको थियो । उनीहरु दुई भाइ विहान साढे ९ बजेको समयमा हेर्न गएका थिए । सो समयमा जेसिबी छाडेर चालक खाजा खान गएको प्रहरीको भनाइ छ । त्यही बेलामा माथीबाट खसेको डिस्को–पहिरोले पुरेर उनीहरु दुबै जनाको ज्यान गएको हो ।

यस्तै दुई दिन अघि गुल्मीमा पनि सडक मर्मतका क्रममा जेसिबी चलाउँदा एक जना १४ वर्षीय बालक गगन रायमाझीको ज्यान गएको थियो ।

चर्चामा

सम्बन्धित समाचार